दफा १०२
सजायमा थप घट गर्न सक्ने
(१) सैनिक अदालतबाट परिच्छेद–७ मा उल्लिखित कसुरको अभियोग ठहर भएमा सैनिक अदालतले सो कसुरका लागि दफा १०१ को उपदफा (२) मा लेखिए बमोजिमको सजाय वा कसुरको मात्रा अनुसार सोही दफाको उपदफा (१) मा लेखिएका सजायहरुमध्ये कुनै कम सजाय दिन सक्नेछ ।
(२) सैनिक अदालतले दफा १०१ को उपदफा (१) को खण्ड (घ) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी वर्खास्त गर्ने वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी हटाउने सजाय दिएकोमा सोही उपदफाको खण्ड (ङ), (च), (छ), (ज), (झ) वा (ट) बमोजिमको कुनै एक वा एकभन्दा बढी थप सजाय दिन सकिनेछ ।
(३) अधिकृत दर्जाको व्यक्तिलाई दफा १०१ को उपदफा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिमको कुनै सजायको आदेश दिनु अगावै सोही दफाको खण्ड (घ) बमोजिमको सजाय गर्नु पर्नेछ ।